काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ केशरमहलमा रहेको बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।