नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंकबीच सहकार्य

2021-12-22
नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ। 

नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ तथा लुम्बिनी विकास बैंकका तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी र आईटी र कार्ड प्रमुख विशल जोशीले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

योसँगै अब लुम्बिनी विकास बैंकले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ। अब लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।


Share this with your friends: