नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

2022-01-09
नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्।

आज पुस २५ गतेबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हाल्लेका हुन्। पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मका रुपमा नेपाल लाइफलाई लिएको बताए। संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल साबित गर्न लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरे। 

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको उल्लेख गर्दै पराजुलीले यसलाई अवसर र त्योभन्दा बढी चुनौतीको रुपमा लिएको बताए। ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ’, उनले भने। 

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। 


Share this with your friends: