काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभाको निर्णयअनुसार साविकका सेयरधनीहरुलाई १ः०.७० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाबमोजिम सञ्चालक लगायतका आधारभूत सेयरधनीहरु(चुक्तापूँजीको १ प्रतिशत र सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरु)ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम हकप्रद सेयर खुला गर्नुपूर्व नै बुझाउनुपर्ने व्यवस्था रहेकाले हक हिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम कम्पनीलेृ जम्मा गर्न आग्रह गरेको हो ।
सेयरधनीहरुले आगामी १५ दिनभित्र आफ्नो हक हिस्साको रकम बुझाउनुपर्नेछ ।