नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2020-12-09
नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने गरेको थियो । 

कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गरेको थियो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको १६ लाख ९७ हजार ५०६,२५ कित्ता हकप्रद जारी गरेको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

हकप्रद निष्कासनका लागि कम्पनीले गत कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।

सेयरधनीहरुले हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसैगरी नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिनेछ । 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।

 


Share this with your friends: