नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-20
नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(पुस ५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०७७ असार मसान्तसम्म कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद लाभांस गरी कुल १८.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैंकद्वारा प्रस्तावित लाभांसमा २०७७ असार मसान्त कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँको १३ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड २३ लाख ६४ हजार ०८५ रुपैयाँ बराबरको बोनस सेयर र ५.५० प्रतिशतले हुन आउने ७८ करोड ३६ लाख ९२ हजार ४९८ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यसरी बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको कुल १८.५० प्रतिशतले हुन आउने २ अर्ब ६३ करोड ६० लाख ५६ हजार ५८३ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: