नेपाल इन्फ्रास्ट्रकचर बैंकले अहिले सम्मकै ठूलो आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

2020-12-27
नेपाल इन्फ्रास्ट्रकचर बैंकले अहिले सम्मकै ठूलो आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोनले)ले बैंकलाई पुस १० गते ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। 

बैंकको अहिलेको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेकोमा आईपीओ निष्कासन पश्चात यो २० अर्ब रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र बोर्डले सर्वसाधारण निष्कासनका अनुमति दिएको यो अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ हो। 

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

 


Share this with your friends: