नेपाल बैंकको सञ्चालकमा ३ जना निर्वाचित

2021-01-15
नेपाल बैंकको सञ्चालकमा ३ जना निर्वाचित

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा ३ जना सञ्चालक निर्वाचित भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न ६१ औँ वार्षिक साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम बमोजिम मतदान प्रक्रिया सम्पन्न भई विवेक शमशेर ज.ब.रा, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन्। 

निर्वाचित भएका सञ्चालक ओमकृष्ण श्रेष्ठ कर्मचारी सञ्चय कोषका कर्मचारी हुन्। 

 


Share this with your friends: