नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-01-19
नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ ६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो । 

बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोनबाट० गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

बैंकको अहिलेको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेकोमा आईपीओ निष्कासन पश्चात यो २० अर्ब रुपैयाँ पुग्नेछ। 

कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सक्नेछन् । 

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

 


Share this with your friends: