नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

2021-01-29
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज(माघ १६ गते)काठमाण्डौ लाजिम्पाटस्थित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको मुख्यालयमा बैंकको आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो । आईपीओ बाडँफाँड कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । 

आईपीओ बाँडफाँड कार्यक्रममा क्यापिटलले कुल १४ लाख ७५ हजार ८ आवेदन सदर भएको र ६ हजार २७६ आवेदन भने बदर भएको जनाएको छ । 

क्याविटलका अनुसार यो आईपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् । 

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर भने गोलाप्रथा मार्फत १० कित्ता थप बाँडफाँड गरिएको छ। लक्की ड्रमा भने ५० कित्ताभन्दा बढी आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकलाई समावेश गरिएको थियो। तीमध्ये ४ लाख ९२ हजार ७२ आवेदकले थप १० कित्ता सेयर पाएका छन्। 


Share this with your friends: