काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। भर्खरै आइृपीओ निष्कासन गरेको बैंकले धितोपत्र कारोबार सम्बन्धी सेयरवालाहरुको लगत अद्यावधिक राख्न र अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो।
सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि अब ग्लोबल आइएमई क्यापिटलले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, अभौतिकरीकरण गर्ने, दाखिल खारेज नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम गर्नेछ।