नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्रको बिक्री बन्द

2021-02-25
नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्रको बिक्री बन्द

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ९ प्रतिशत ब्याजदरको रु.२ अर्ब बराबरको नागरिक बचतपत्र २०८२“क” को बिक्री आजदेखि बन्द गरिएको छ। 

गत माघ २७ गतेदेखि फागुन १८ गतेसम्मका लागि बिक्री खुला गरिएको नागरिक बचतपत्रमा आह्वान रकमभन्दा बढी आवेदन परेका कारण निर्धारित समयअगावै बिक्री बन्द गरिएको बैंकले जनाएको छ। 

बैंकले गत माघ २७ गतेदेखि दुई अर्ब रुपैयाँ बराबरको सरकारी बचतपत्र निष्कासन गरेको थियो। यो बचतपत्र अबको ५ वर्ष अर्थात वि।स २०८२ सालमा परिपक्व हुनेछ। 

यो बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ र यसको ब्याजको भुक्तानी ६/६ महिनामा हुनेछ।

 


Share this with your friends: