नेपाल दुरसञ्चार कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-03-04
नेपाल दुरसञ्चार कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ४० प्रतिशत(प्रति सेयर रु.४०) नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसैगरी आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ फागुन २७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: