नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांस स्वीकृत

2021-03-07
नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले संस्थाद्वारा प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांस स्वीकृत गरेको हो।

महुली लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांसमा मर्जर पश्चात कायम भएको चुक्तापूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस अब संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।  

 


Share this with your friends: