नेपाल राष्ट्र बैकद्वारा पुनर्कजा कार्यविधि संसोधन, यस्ता छन् व्यवस्था

2021-03-09
नेपाल राष्ट्र बैकद्वारा पुनर्कजा कार्यविधि संसोधन, यस्ता छन् व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना उद्यमी, लगानीकर्ता तथा जलविद्युत विकासकर्तालाई राहत पुग्नेगरी पुनर्कजा कार्यविधि २०७७ संंसोधन गरेको छ । पहिलो संसोधन गरिएको यो कार्यविधिमा हाल कायम रहेका निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र तथा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई विशेष खालको पुनर्कर्जा प्रदान गरिने उल्लेख गरिएको छ । संसोधित कार्यविधिका अनुसार यस्तो पुनर्कजाको ब्याजदर ३ प्रतिशत तोकिएको छ । 

राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यघ पुनर्कजा अन्तर्गत इजाजतप्राप्त संस्थाले दिने ब्याजदर ५ प्रतिशत,विशेष पुनर्कजा अन्तर्गत ३ प्रतिशत र साधारण पुनर्कजा अन्तर्गत ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले संसोधित कार्यविधिअनुरुप पुनर्कजा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिएको छ । राष्ट्र बैंकले पुनकर्जालाई तीन प्रकारले वर्गीकरण गरेको छ । पहिलो वर्गमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, दोस्रो विशेष पुनर्कर्जा र तेस्रोमा साधारण पुनर्कर्जा तोकिएको छ । जलविद्युत् आयोजनाले पाउने सुविधालाई विशेष पुनर्कर्जा अर्थात् दोस्रो वर्गमा राखिएको छ ।

विशेष खालको पुनर्कर्जामा राष्ट्र बैङ्कले बैङ्क वित्तीय संस्थालाई दिँदा एक प्रतिशत ब्याज लिने र वित्तीय संस्थाले ग्राहक तथा सेवाग्राहीलाई ३ प्रतिशतसम्म लिन पाउने व्यवस्था गरिएको छ । संशोधित कार्यविधिको बैङ्कबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थाबाट एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड हुने र यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

यस्तै, बैङ्कले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड हुने र यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ  ।


Share this with your friends: