नेपाल टेलिकमले चैत १६ देखि सेयरधनीको हितग्राही खातामा नगद लाभांस जम्मा गर्ने

2021-03-28
नेपाल टेलिकमले चैत १६ देखि सेयरधनीको हितग्राही खातामा नगद लाभांस जम्मा गर्ने

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(टेलिकम)ले १३ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस चैत १६ गतेदेखि सेयरधनीको हितग्राही खातामा जम्मा÷भुक्तानी गर्ने भएको छ। कम्पनीले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षका लागि पारित ४० प्रतिशत नगद लाभांस एनएमबी क्यापिटलमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागेको हो। 

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मितिसम्म कायम भएका सेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांस वापतको रकम सोहि खातामा जम्मा गर्ने व्यवस्था गरेको छ। 

 


Share this with your friends: