काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नयन देवकोटा नियुक्त भएका छन्। संस्थाको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका कर्मचारी रहेका उनलाई अर्का सीईओ नियुक्त नहुँदासम्मका लागि चैत २५ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ।
यसअघि संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरालाई संस्थाको गत माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले स्वेच्छिक अवकाश योजनामा जान गरेको प्रस्तावलाई उनले माघ २९ गते स्विकार गरेका थिए। उनको उक्त स्वेच्छिक अवकाश योजना चैत २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको थियो।