काठमाडौं । नेपाल क्लियरिङ हाउसले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले कम्पनीको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी जेठ ५ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै समूह ग अन्तर्गतको सेयर उपसमूह ख १ को सेयरधनीले खरिद गरेपश्चात समूह ख को जम्मा सेयर स्वामित्व परिवर्तन गर्ने तथा समूह ग र उक्त समूहले प्रतिनिधित्व गर्ने सञ्चालक समेत हटाउने गरी प्रबन्धपत्र तथा नियमावली परिवर्तन गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको आ.व २०७६/७७ को प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, आव २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै समूह ख–१ का सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ।