काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ८२३.३५ को भारी अंकले बढ्दै १२०३९.३८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा २४५.७५ अंकको बढोत्तरी आएको थियो।
जीवन बीमा समूहका साथ साथै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि भयो। आज निर्जीवन बीमा समूह १९३.०४ अंकले बढ्दै ९८६८.१८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ४५.५५ अंकको गिरावट आएको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीका सेयरधनीले ९.४४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाए। नेपाल लाइफको सेयरमूल्य १६० रुपैयाँले बढ्दै प्रतिकित्ता १८५५ रुपैयाँ कायम भयो।
त्यस्तै जीवन बीमा समूह चम्केको आज लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को सेयरमूल्य पनि ७.९३ प्रतिशतले वृद्धि हुदैँ प्रतिकित्ता १८३९ रुपैयाँ कायम भयो। आज एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.७८ प्रतिशत, पुनर्बीमा कम्पनी ६.०५, सूर्या लाइफ ५.३० र प्राइम लाइफको ५.२९ प्रतिशतले वृद्धि भए।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
निरन्तर उकालो लागिरहेको नेप्से परिसूचकले आफ्नो उकालो यात्रा आज पनि कायम राख्यो। आज नेप्से परिसूचक २८.७९ अंकले बढ्दै १९९७.०५ को उचाईमा पुग्यो। यो दिन बजारमा १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँमा किनबेच भयो।
आज चारवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। व्यापार समूह १५१.०७ अंकले वृद्धि भएको यो दिन होटल ४.९६, हाइड्रोपावर ८९.२३, उत्पादन तथा प्रशोधन ७३.६३, अन्य ४०.२८ र लघुवित्त ३७.६ अंकले उकालो लागे।
आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो। विकास बैंक समूह ४८.१४ अंकले घटेको यो दिन बैंकिङ ७.३८, वित्त ५.४१ र म्युचुअल फन्ड ०.१३ अंकले घटे।
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन युनाइटेड मोदि हाइड्रोपावर, माथिल्लो तामाकोशि, ग्रिन डेभलेपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, सान्जेन जलविद्युत रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीको बढोत्तरी आयो।
यो दिन बिशाल बजार कम्पनीका लगानीकर्ताले सार्वधिक गुमाए। यो कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले गुमाए।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सार्वधिक ३८ करोड ४८ लाख ८६ हजार ७७२ रुपैयाँको कारोबार भयो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीले ३७ करोड ३४ लाख र प्रभु बैंकले ३६ करोड ७१ लाख बढीको कारोबार गरे।