नेप्सेको ओरालो यात्रा जारी, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-04-26
नेप्सेको ओरालो यात्रा जारी, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३८४.५३ अंकले ओरालो लाग्दै १२३५८.५२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५९.१८ अंकले घट्दै १६३७०.४७ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीहरुतर्फ आज एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १.१६ प्रतिशतले बढ्दै प्रतिकित्ता २१८९ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.८४ प्रतिशतले घट्दै प्रतिकित्ता ८२२ रुपैयाँ कायम भयो। यो दिन जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.४३, अजोड इन्स्योरेन्स ४.७०, र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ३.९४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। नेप्से परिसूचक ६५.५८ अंकले घट्दै २५०६.६१ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २२० कम्पनीका १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँमा किनबेच भयो। 

आज सबै समूहमा रातो पोतियो.। बैंकिङ समूह ४०.७३ अंकले घटेको आज व्यापार समूह १२७.३५, होटल एण्ड टुरिजम ७१.४३, विकास बैंक ८८.०९, हाइड्रोपावर ९९.४४, वित्त २७.७७, उत्पादन तथा प्रशोधन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, म्युचुअल फन्ड ०.११ र लगानी समूह २.७५ अंकले घट्यो। 

आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। महिला लघुवित्तको सेयरमूल्य ९.९७ र गुडविल फाइनान्सको सेयरमूल्य ३.७९ प्रतिशतले बढ्यो। 

आज रिलायन्स फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.०६ प्रतिशतले घट्यो भने छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदी मर्दी ६.६७, नेशनल हाइड्रोपावर ६.४१ र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ६.४० प्रतिशतले घट्यो। 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ३१ करोड ७४ लाख बढीको सेयर कारोबार भयो। यस्तै निफ्राको २५ करोड २९ लाख, नेपाल पुनर्बीमा २० करोड २४ लाख र नबिल बैंकको १९ करोड ५३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: