काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक २६७.१८ अंकले बढ्दै १७३६८.९५ को बिन्दुमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक समेत १७६.४८ अंकले बढ्दै १३६२२.३९ को उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीहरुमध्ये आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ४.८१ प्रतिशतले बढ्दै प्रतिकित्ता १५६८ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य आज १.१३ प्रतिशतले घट्दै प्रतिकित्ता ७०० रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक २७.४७ अंकले बढ्दै २६७३.३१ को बिन्दुमा पुुग्यो। यो दिन बजारमा २२० कम्पनीका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ०७१ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ३.३८ अंकले बढेको आज व्यापार २२१.६७, होटल एण्ड टुरिजम २३.१९, विकास बैंक १५.२३, हाइड्रोपावर २१.०७, वित्त १७.४९, उत्पादन तथा प्रशोधन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, म्युचुुअल फन्ड ०.०२ र लगानी समूह १.४९ अंकले बढ्यो।
आज बोटलर्स नेपाल तराईको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ९.९७, युनाइटेड मोदी हाइड्रोपावर ९.९१, गृहेश्वरी मर्चेन्ट ९.८८, समता घरेलु लघुवित्त ९.०५ र एनआरएनको सेयरमूल्य ८.६३ प्रतिशतले बढ्यो।
आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले ओरालो लाग्यो। आज लिबर्टी इनर्जीको सेयरमूल्य २.९९ र वरुण हाइड्रोपावरको सेयरमूल्य २.१८ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ७६ करोड ६५ लाख बढीको सेयर कारोबार भयो। यस्तै अपि पावर कम्पनीको २० करोड २३ लाख र शिवम् सिमेन्टको १६ करोड २२ लाख बढीको सेयर कारोबार भयो।