नेप्सेको उकालो यात्रा जारी, बीमातर्फ लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-07-28
नेप्सेको उकालो यात्रा जारी, बीमातर्फ लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक ४४९.५६ अंकले बढ्दै १५०६३.५८ बिन्दुको उचाईमा पुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ४३१.३८ अंकले बढ्दै १८३५१.५७ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफ्ल रह्यो । आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.०५ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६९ रुपैयाँ कायम भयो । त्यस्तै आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५.९४, एभरेष्ट इन्स्योरेन्स ५.६३, हिमालयन जनरल ५.४७, सानिमा जनरल ५.३२, नेको इन्स्योरेन्स ५.३०, प्रभु लाइफ ५.१८, गुराँस लाइफ ५, प्रुडेन्सियल इन्स्योरेन्स ४.९६, प्रिमियर इन्स्योरेन्स ४.११, सिद्धार्थ इन्स्योरेन्स ४.०४, सगरमाथा इन्स्योरेन्स ४.०३, अजोड इन्स्योरेन्स ४.०१, एनएलजी ३.७०, शिखर इन्स्योरेन्स ३.५५, जनरल ३.३७ र प्राइम लाइफको सेयरमूल्य ३.३१ प्रतिशतले बढ्यो । 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । परिसूचक १५.३० अंकले बढ्दै ३०९४.९४ बिन्दुको उचाईमा पुग्न सफल रह्यो । यो दिन २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा ९ वटा समूहमा हरियाली छायो । व्यापार समूह १६.३९ अंकले बढेको आज होटल एण्ड टुरिजम २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, अन्य २०.११, लघुवित्त ३७.२४ र लगानी समूह ३.२२ अंकले बढ्यो । 

आज हाइड्रो समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह ४८.२७ अंकले घट्यो । त्यस्तै बैंकिङ समूह १८.४५, उत्पादन तथा प्रशोधन ३७.३ र म्युचुअल फन्ड समूह ०.०१ अंकले घट्यो । 

आज तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । नारायणी डेभलपमेन्ट बैंक, मल्टीपपर्स फाइनान्स र चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो । सोल्टी होटलको सेयरमूल्य ८.०६, कर्पोरेट डेभलपमेन्ट बैंक ८.०५, र सेन्ट्रल फाइनान्सको सेयरमूलय ६.०६ प्रतिशतले बढ्यो । 
आज पन्चकन्या माइहाइड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०७ प्रतिशतको गिरावट आयो । सिंगटी हाइड्रोको सेयरमूल्य ४.९८, ग्रिन लाइफ हाइड्रो ४.१८, पाचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोको सेयरमूल्य ३.९५ प्रतिशतले ओरालो लाग्यो । 

यो दिन युनाइटेड इदी मर्दीको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको ३८ करोड ६१ लाख बढीको सेयर कारोबार भयो भने नेशनल हाइड्रोपावर ३६ करोड ५३ लाख, अरुण भ्यालि हाइड्रोपावर ३३ करोड ६१ लाख र सानिमा माई हाइड्रोको ३१ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । 

 


Share this with your friends: