काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा वृद्धि आएको छ। आज निर्जीवन बीमा समूह २७.२५ अंकले बढ्दै ८११८.५० को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूहमा १०.४५ अंकको बढोत्तरी आएको थियो।
निर्जीवन बीमा समूह उकालो लागेपनि आज जीवन बीमा समूह भने ओरालो लाग्यो। अघिल्लो दिनजस्तै आज पनि यो समूहमा गिरावट आयो। आज यो समूह ९.४ अंकले घट्दै ९७०२.४५ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान बनाउन सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एक मात्रै बीमा कम्पनीको रुपमा जनरल इनस्योरेन्स कम्पनी रह्यो। आव यो कम्पनीको सेयरमूल्य ३.१४ प्रतिशतले घट्दै प्रतिकित्ता ५२५ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
पछिल्ला दुई दिनदखि घटिरहेको नेप्से परिसूचकले आज पनि निरन्तरता पायो। आज नेप्से परिसूचक ३.३३ अंकले घट्दै १६३७.६३ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँमा किनबेच भयो।
आज ४ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। आज लघुवित्तका लगानीकर्ता मालामाल भए। आज यो समूह ६२.३ अंकले बढ्यो। त्यस्तै व्यापार समूह ३४.५२ अंकले बढेको यो दिन, होटल ९.३३, हाइड्रोपावर ०.५४, वित्त ३.९६, उत्पादन तथा प्रशोधन ३.८८ र म्युचुअल फन्ड ०.०१ अंकले बढे।
यो दिन सबैभन्दा धेरै गिरावट बैंकिङ समूहमा आयो। बैंकिङ समूह ११.६२ अंकले घटेको यो दिन विकास बैंक र अन्य समूह क्रमश ०.०१ र ०.३१ को झिनो अंकले घटे।
आज ४ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। विशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आयो।
आज नेप्सेमा सूचीकृतमध्ये १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँमा कारोबार भयो।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १२ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भयो। नेपाल बैंकको ८ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ८ करोड रुपैयाँ, प्रभु बैंकको ७ करोड ५९ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ६ करोड ८४ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको ६ करोड ७८ लाख रुपैयाँ, डेप्रोक्स लघुवित्तको ६ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड १ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भयो।