काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा वृद्धि भएको छ। आज जीवन बीमा समूह ८६.९३ अंकले बढ्दै ९७९२.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १.३५ अंकको बढोत्तरी आएको थियो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि आयो। आज निर्जीवन बीमा समूह १८.७९ अंकले बढ्दै ८२०९.२८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनको तुलनामा आज यो समूहमा सुधार देखिएको छ। अघिल्लो कारोबार दिन यो समूहमा १६.१८ अंकको गिरावट आएको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज सानिमा जनरलको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य ३७ रुपैयाँले बढ्दै प्रति सेयर ४१३ रुपैयाँ कायम भयो। यसैगरी नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि ४.१९ प्रतिशतले बढ्दै प्रति सेयर ८९४ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। आज नेप्से परिसूचक १२.४९ अंकले बढ्दै १६४८.५८ को उचाईमा पुग्यो। यो दिन बजारमा १९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँमा किनबेच भयो।
आज दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा वृद्धि भयो। यो समूहमा आज १२२.६८ अंकको बढोत्तरी आयो। त्यस्तै आज व्यापार समूह पनि १०५.१९ अंकले बढ्यो। होटल समूह २७.७५ अंकले बढेको यो दिन हाइड्रोपावर ३०.५९, वित्त ४.२७, अन्य २८.४५, लघुवित्त १०.८५ र म्युचुअल फन्ड ०.१५ अंकले बढे।
आज विकास बैंक समूह ६.७६ घट्यो भने बैंकिङ समूह पनि १.१६ अंकले घट्यो।
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।
आज नेप्सेमा सूचीकृत १९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ९२ लाख रुपैयाँमा कारोबार भयो। हिमालयन डिस्टिलरीको १५ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको १२ करोड ३० लाख रुपैयाँ, अपी पावरको १२ करोड ८ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको १० करोड ४८ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ३५ लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको ९ करोड ४२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३१ लाख रुपैयाँ, एनटीसीको ७ करोड ८० लाख रुपैयाँ र अरुण काबेल पावरको ७ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो।