काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आइसीइफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार ८०८.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।