नेप्सेमा नेपाल सरकारको रु.६९.९४ अर्ब बढीका ९ वटा विकास ऋणपत्र सूचीकृत

2021-03-22
नेप्सेमा नेपाल सरकारको रु.६९.९४ अर्ब बढीका ९ वटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्रहरु सूचीकृत भएका छन्। नेप्सेमा आज नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भएको ६९ अर्ब ९४ करोड ७० लाख रुपैयाँको ९ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन्। 

नेप्सेमा २०८३ ‘ख’, २०८५ ग, २०८६ ग, २०८७ ख, २०८९ ख, २०९०, २०८२ ग, २०८१ ग र २०८४ ग नामक ऋणपत्रहरु सूचीकृत भएको हो। यी ऋणपत्रहरु जेठ १ गतेदेखि असार ३० गते अवधिका बीचमा निष्यकासन गरिएका हुन्। यी ऋणपत्रहरु चैत ८ गतेको निर्णयअनुसार सूचीकृत भएका हुन्। 

 


Share this with your friends: