काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०६.६१ अंकले घट्दै १४१३६.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३८.९६ अंकले ओरालो लाग्दै १७४२२.०५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा निर्जीवन बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सानिमा जनरलको सेयरमूल्य ९.७७ प्रतिशतले बढ्दै प्रतिकित्ता ८९९ रुपैयाँ कायम भयो। त्यस्तै हिमालयन जनरलको सेयरमूल्य पनि ६.५५ प्रतिशतले बढ्दै प्रतिकित्ता ७९७ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य २.८२ प्रतिशतले घट्यो भने सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य २.६७ र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य २.५८ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा झिनो वृद्धि आयो। परिसूचक १.१३ अंकले बढ्दै २६५८.७४ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २१२ कम्पनीका १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँमा किनबेच भयो।
आज १३ वटा सूमहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा भने रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि व्यापार समूहमा आयो। व्यापार समूह १३२.६५ अंकले बढ्यो। त्यस्तै होटल एण्ड टुरिजम ११४.८, हाइड्रोपावर ४६.४९, उत्पादन तथा प्रशोधन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र म्युचुअल फन्ड ०.०५ अंकले बढ्यो।
बैंकिङ समूह ११.७९ अंकले घटेको आज विकास बैंक १३.४२, वित्त ०.९५ र लगानी समूह ०.८६ अंकले घट्यो।
आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। यसैगरी राधि विद्युत कम्पनी ९.९८, वोमी लघुवित्त ९.९५, सानिमा जनरल ९.७७, हिमालयन जनरल ६.५५, चन्द्रागिरी हिल्स ५.७७ र अपर तामाकोशीको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो। आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.१२ प्रतिशतले घट्यो। यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी विकास बैंक २.९४ र लुम्बिनी जनरलको सेयरमूल्य २.८२ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ३४ करोड ७५ लाख बढीको सेयर कारोबार भयो भने आइएमई जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख, निफ्रा २८ करोड ९४ लाख हिमालयन जनरल २५ करोड २५ लाख र एनटीसीको १९ करोड बढीको सेयर कारोबार भयो।