नेप्सेमा लगातार दुई दिन दोहोरो अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2021-04-19
नेप्सेमा लगातार दुई दिन दोहोरो अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २९३.१३ अंकले घट्दै १३२४६.५८ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२९.७७ अंकले घट्दै १७१६६.७२ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज ज्योति लाइफको सेयरमूल्य ९.९८ प्रतिशतले घट्दै प्रतिकित्ता ६८३ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीम कम्पनी पर्यो। आज आइएमई जनरलको सेयरमूल्य ३.९५ प्रतिशतले घट्दै प्रतिकित्ता ११२० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

नेप्से परिसूचकमा लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३७.५८ अंकले घट्दै २६६१.९३ को बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन परिसूचक ३५.८९ अंकले ओरालो लागेको थियो। आज बजारमा २१३ कम्पनीका १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता सेयर ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार ८६० रुपैयाँमा किनबेच भयो। 
आज बजारमा दुईवटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज वित्त समूह ६.१७ र हाइड्रो समूह ३.१८ अंकले बढ्यो। 

आज सबैभन्दा धेरै गिरावट होटल एण्ड टुरिजम समूहमा आयो। यो समूह २४०.८३ अंकले घट्यो। यस्तै बैंकिङ समूह ३४.८५ अंकले घटेको आज व्यापार समूह १०७.९, विकास बैंक ५६.८, उत्पादन तथा प्रशोधन ४१.७, अन्य २६.७२, लघुवित्त ६२.७, म्युचुअल फन्ड ०.०९ र लगानी समूह ०.५८ अंकले घट्यो। 

आज ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो भने महिला लघुवित्त ९.९४, एनआरएन ५ र एचआईडीएलको सेयरमूल्य ४.८१ प्रतिशतले बढ्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्यमा ९.८० प्रतिशतको भारी गिरावट आयो। यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.५०, आइएमई जनरल ३.९५, रिडी हाइड्रोपावर ३.५२ र सिद्धार्थ बैंकको सेयरमूल्य ३.३७ प्रतिशतले घट्यो। 

यो दिन सीआईटीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो भने एचआईडीसीएलको २४ करोड ५७ लाख, निफ्रा २३ करोड ८७ लाख, एनआईसी एशिया लघुवित्त २३ करोड ८ लाख र अपर तामाकोशीको २२ करोड ४७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: