काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ५३.९८ अंकले बढ्दै १७२२०.७० बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक २४.३९ अंकले घट्दै १३२२२.१९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। निरन्तर उकालो लाग्ने क्रममा आज पनि ज्योति लाइफको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्दै प्रतिकित्ता ७५१ रुपैयाँ कायम भयो। यस्तै आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २.६९ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १.८१ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
लगातार दुई दिन दोहोरो अंकले ओरालो लागेको नेप्से परिसूचकमा आज झिनो अंकको वृद्धि भयो। परिसूचक २.६८ अंकले बढ्दै २६६४.६१ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज चारवटा समूहमा गिरावट आयो भने अन्य सबै समूहमा हरियाली छायो। विकास बैंक समूह ४८.४२ अंकले बढेको आज व्यापार समूह ३४.३२, होटल एण्ड टुरिजम १.६५, हाइड्रोपावर ३१.७७, वित्त ४.८८, उत्पादन तथा प्रशोधन ५.८७, अन्य ४.५ र लघुवित्त समूह ६.१९ अंकले बढ्यो।
आज बैंकिङ समूह १.३७, म्युचुअल फन्ड ०.०४ र लगानी समूह १.०५ अंकले घट्यो।
आज युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि १० प्रतिशत, ज्योति लाइफ ९.९६, हिमालयन उर्जा विकास ९.८५, लिबर्टी इनर्जी ८.०७, हिमालयन पावर पार्टनर ७.७७ र जनउत्थान लघुवित्तको सेयरमूल्य ७.५३ प्रतिशतले बढ्यो।
यो दिन समृद्धी फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। समृद्धी फाइनान्सको सेयरमूल्य २.४७ प्रतिशतले घट्यो। यसैगरी ओरियन्टल होटल २.२२, छ्याङदी हाइड्रोपावर २.०३ र एचआईडीएलको सेयरमूल्य १.८८ प्रतिशतले घट्यो।
आज सीआईटीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको २१ करोड ४२ लाख बढीको सेयर कारोबार भयो भने निफ्राको १९ करोड ८६ लाख, नबिल बैंक १५ करोड ८२ लाख, एनआईसी एशिया लघुवित्त १५ करोड ६४ लाख र अरुण काबेली पावरको १४ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।