नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2021-04-28
नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुबै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४९.११ अंकले घट्दै १६७८१.६० को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०४.८४ अंकले घट्दै १२७९४.८८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले घट्दै प्रतिकित्ता ७०१ रुपैयाँ कायम भयो। यस्तै आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ३.०९ र लुम्बिनी जनरलको सेयरमूल्य २.५६ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। नेप्से परिसूचक १३.७९ अंकले ओरालो लाग्दै २५८५.२८ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१५ कम्पनीका ८९ लाख ५३ हजार ४५१ कित्ता सेयर ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८८६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा तीनवटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि उत्पादन तथा प्रशोधन समूहमा भयो। उत्पादन तथा प्रशोधन समूह ५४.६५ अंकले बढ्यो भने अन्य समूह १७.७१ र व्यापार समूह ९.१५ अंकले बढ्यो। 

बैंकिङ समूह १४.०८ अंकले घटेको आज होटल एण्ड टुरिजम १९.३२, विकास बैंक २४.१, हाइड्रोपावर १८.८९, वित्त १५.५३, लघुवित्त ४६.४३, म्युचुअल फन्ड ०.०१ र लगानी समूह ०.१ अंकले घट्यो।

आज विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। यस्तै आजबाट मात्रै कारोबारमा आएको सिंगटी हाइड्रोको सेयरमूल्य ७.८४, नेपाल हाइड्रो डेभलपर्स ५.१४, नारायणी डेभलपमेन्ट बैंक ५.१४ र बोटलर्स नेपाल तराईको सेयरमूल्य ४.८६ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनान्स रह्यो। कम्पनीको सेयरमूल्य ६.१५ प्रतिशतले घट्यो। यस्तै प्रोगेसिभ फाइनान्सको ४.४९, रैराङ हाइड्रो ४.३२ र सिन्धु विकास बैंकको सेयरमूल्य ४.२० प्रतिशतले घट्यो। 

यो दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको २८ करोड २९ लाख बढीको सेयर कारोबार भयो भने अपर तामाकोशीको १६ करोड ९७ लाख, एचआईडीसीएल १४ करोड ४६ लाख, नेपाल  पुनर्बीमा १२ करोड ४६ लाख र निफ्राको ११ करोड ४६ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: