नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा उछाल

2021-05-02
नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा समूहमध्ये आज जीवन बीमा उपसूचक सबैभन्दा धेरै वृद्धि भयो। जीवन बीमा उपसूचक ६३२.१८ अंकले बढ्दै १७५५६.६६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४८.७८ अंकले बढ्दै १३३६८.६४६ को उचाईमा पुुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज सानिमा जनरलको सेयरमूूल्य ८.७० प्रतिशतले बढ्दै प्रतिकित्ता ८१२ रुपैयाँ कायम भयो। यस्तै शिखर इन्स्योरेन्सको सेयरमूल्य ६.०१, गुराँस लाइफ ५.१६, नेको इन्स्योरेन्स ५.१४, नेपाल पुनर्बीमा ४.९३ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ४.४९ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य ०.९५ प्रतिशतले घट्दै प्रतिकित्ता ८३४ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्यो। परिसूचक ५४ अंकले बढ्दै २६६५.१० को बिन्दुमा पुुग्यो। यो दिन बजारमा २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १९.९१ अंकले बढेको आज व्यापार समूह ७९.२८, होटल एण्ड टुरिजम १११.१७, विकास बैंक ३८.२४, हाइड्रोपावर ३७.८५, वित्त १६.०७, उत्पादन तथा प्रशोधन १५०.७२, अन्य ९४.८६, लघुवित्त १०४.५९, म्युचुुअल फन्ड ०.०४ र लगानी समूह ०.७५ अंकले बढ्यो। 

आज विशाल बजार कम्पनी र महिला लघुुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९८ प्रतिशतको उछाल आयो। यस्तै सिंगटी हाइड्रोको सेयरमूल्य ९.९२, सानिमा जनरल ८.७० र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य ७.१४ प्रतिशतले बढ्यो। 

आज नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा सर्वाधिक अर्थात १.१८ प्रतिशतको गिरावट आयो। 

यो दिन एनसीसी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ४२ करोड २ लाख बढीको सेयर कारोबार भयो भने नेपाल पुनर्बीमाको ४० करोड ३२ लाख, एनटीसी ३२ करोड ४४ लाख र निफ्राको २४ करोड २२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: