काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३४६.०३ अंकले बढ्दै १३४४५.८९ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३७.८२ अंकले बढ्दै १७१०१.७७ को उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। यो दिन राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता १९२२० रुपैयाँ कायम भयो। यस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ४.९१ प्रतिशतले बढ्यो।
यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। परिसूचक २७.४१ अंकले बढ्दै २६४५.८४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१८ कम्पनीका ७५ लाख ७९ हजार ००३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा हरियाली छायो।
बैंकिङ समूह ३.६१ अंकले बढेको आज व्यापार १९.६१, होटल एण्ड टुरिजम ११.४६, विकास बैंक १८.०८, हाइड्रोपावर १५.९८, वित्त १०.२३, उत्पादन तथा प्रशोधन १३३.६४, अन्य ७९.५५, लघुवित्त ५०.१८, म्युचुुअल फन्ड ०.०५ र लगानी समूह १ अंकले बढ्यो।
आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ९.९५, रुरु जलविद्युत कम्पनी ९.८५, गृह्वेश्वरी मर्चेन्ट ६.७५ र लिबर्टी इनर्जीको सेयरमूल्य ५.१५ प्रतिशतले बढ्यो।
यो दिन विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्यो। यस्तै जोशी हाइड्रोपावरको सेयरमूलय ४.१२, छ्याङदी हाइड्रोपावर ३.१४ र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य २.७२ प्रतिशतले घट्यो।
आज नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो। कम्पनाीको २७ करोड ४ लाख बढीको सेयर कारोबार भयो भने अपर तामाकोशी १९ करोड ७० लाख, एचआईडीसीएल १८ करोड ७ लाख र हिमालयन डिस्टलरीको १४ करोड ३१ लाख बढीको सेयर कारोबार भयो।