काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४७९.११ अंकले बढ्दै १४८१५.७८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३७४.१७ अंकले बढ्दै १८४०१.५२ बिन्दुमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै २३५९४ रुपैयाँ कायम भयो। यस्तै आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ९.७५ र शिखर इन्स्योरेन्सको सेयरमूल्य ६.३९ प्रतिशतले बढ्यो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक ५५.७६ अंकले बढ्दै २८७२.१२ बिन्दको उचाइमा पुुग्यो। यो दिन बजारमा २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार ०२९ कित्ता सेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा किनबेच भयो।
आज म्युचुुअल फन्ड बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ८.८ अंकले बढेको आज व्यापार समूह १५.१२, होटल एण्ड टुरिजम ९२.३५, विकास बैंक २२५.६६, हाइड्रोपावर ८१.८२, वित्त १३७.८३, उत्पादन तथा प्रशोधन १३६.३४, अन्य ११०.७७, लघुवित्त ६९.६३ र लगानी समूह ०.९२ अंकले बढ्यो।
आज म्युचुुअल फन्ड समूह ०.०२ अंकले घट्यो।
आज राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो। मन्जुश्री फाइनान्सको सेयरमूल्य ९.९७, पोखरा फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९७, लुम्बिनी विकास बैंक ९.९३, जानकी फाइनान्स ९.९२ र गृह्ेवश्वरी फाइनान्सको सेयरमूल्य ९.८४ प्रतिशतले बढ्यो।
आज राधि विद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.२३ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको १ अर्ब ३७ करोड बढीको सेयर करोबार भयो भने निर्धन उत्थान लघुवित्त ३३ करोड ४५ लाख, सानिमा माई हाइड्रो ३२ करोड १९ लाख र लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख बढीको सेयर कारोबार भयो।