नेप्सेमा भारी गिरावट, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-06-16
नेप्सेमा भारी गिरावट, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४०६.८२ अंकले घट्दै १८२४०.३७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०३.१२ अंकले ओरालो लाग्दै १५०८१.४५ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.४२ प्रतिशतले घट्दै प्रतिकित्ता ११३५ रुपैयाँ कायम भयो। यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.८९ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ३.८८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकको भारी गिरावट आयो। परिसूचक ५२.४१ अंकले घट्दै २९६९.६९ बिन्दुमा झर्यो। यो दिन बजारमा २१९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा किनबेच भयो। हिजो नेपाल धितोपत्र बोर्डले सेयरमूल्यमा चलखेल गरेर अस्वभाविक रुपमा मूल्य बढाएको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गर्दै अध्ययन गर्ने जनाएको थियो। आज त्यसैको प्रभाव सेयर बजारमा देखिएको सेयर बजारका जानकारहरुले बताएका छन्। 

आज बजारमा लघुवित्त समूहममा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज लघुवित्त समूह १३९.७४ अंकले बढ्यो। 

व्यापार समूह १०३.०६ अंकले घटेको आज बैंकिङ ९.३३, होटल एण्ड टुरिजम १९४.९५, हाइड्रोपावर १४९.४९, विकास बैंक १९४.९५, वित्त १७६.६८, उत्पादन तथा प्रशोधन २०४.२२ अन्य ७०.२५, म्युुचुुअल फन्ड ०.०३ र लगानी समूह २.८८ अंकले घटे। 

आज सिईडिबि हाइड्रोको सेयरमूल्यम सर्वाधिक अर्थात ९.९० प्रतिशतको उछाल आयो। त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य ७.२०, युनियन हाइड्रोपावर ६.४४, आरएसडीसी लघुवित्त ५.६२ र सामूदायिक लघुवित्तको सेयरमूल्य ५.२३ प्रतिशतले बढ्यो। 

आज जोशी हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले घट्यो। त्यस्तै गोर्खाज फाइनान्स ९.९२, नेशनल हाइड्रोपावर ९.९१, छ्याङदी हाइड्रोपावर ९.८८, आखुखोला जलविद्युत ९.८५, वेष्ट फाइनान्स ९.७८, पञ्चकन्या माईहाइड्रो ९.७६ र घलेम्दी हाइड्रोको सेयरमूल्य ९.७५ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा को सर्वाधिक कारोबार भयो। कम्पनीको ६० करोड ९० लाख बढीको कारोबार भयो भने हिमालयन डिस्टलरी ५५ करोड ५७ लाख, नेशनल हाइड्रो ४६करोड ७६ लाख र अरुण भ्यालि हाइड्रोको ३४ करोड ४० लाख बढीको सेयर करोबार भयो।    

 


Share this with your friends: