नेप्सेमा भारी गिरावट, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सर्वाधिक घट्यो

2021-06-20
नेप्सेमा भारी गिरावट, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१०.९४ अंकले घट्दै १७९४५.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २७९.२५ अंकले घट्दै १४८५५.१८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.६८ प्रतिशतले घट्दै प्रतिकित्ता ८७५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा भारी गिरावट आयो। परिसूचक ६३.२८ अंकले घट्दै २९०५.१४ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ३५.४२ अंकले घटेको आज व्यापार समूह ९८.४८, होटल एण्ड टुरिजम ८८.५८, विकास बैंक १६५.२२, हाइड्रोपावर १०१.०९, वित्त ८०.०४, उत्पादन तथा प्रशोधन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, म्युचुुअल फन्ड ०.२ र लगानी समूह २.२८ अंकले घट्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.४१ प्रतिशतले बढ्यो। त्यस्तै नेशनल हाइड्रो ३.३६, रुरु जलविद्युत ३.१६ र तारागाँउ रिजेन्सी होटलको मूल्य २ प्रतिशतले बढ्यो। 

आज युनियन हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.८१ प्रतिशतले घट्यो। श्री इन्भेष्टमेन्टको मूल्य ८.८४, वरुण हाइड्रो ८.७३ र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ८.७० प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ८० करोड ९९ लाख बढीको सेयर कारोबार भयो भने नेपाल इन्स्योरेन्स ४३ करोड २ लाख, नेशनल हाइड्रो ३३ करोड ७३ लाख र एनएलजी इन्स्योरेन्सको २८ करोड २ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: