नेप्सेमा दोहोरो अंकको वृद्धि, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार

2021-07-01
नेप्सेमा दोहोरो अंकको वृद्धि, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.२४ अंकले बढ्दै १७१३५.७५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक ५.७ अंकले घट्दै १४१३६.४८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २.४२ प्रतिशतले घट्दै प्रतिकित्ता १२९० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १९.१२ अंकले बढ्दै २८४३ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ६अर्ब ७० करोड ७७ लाख  ७५ हजार ४८४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा निर्जीवन बीमा सूमह बाहेक अन्य सबै समूहमा हरियाली छायो। विकास बैंक समूहमा आज सबैभन्दा धेरै उछाल आयो। यो समूह १५२.८३ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह ३.१३, व्यापार १९.३८, होटल एण्ड टुरिजम १३८.५५, हाइड्रोपावर २१.८३, वित्त ६३.५६, उत्पादन तथा प्रशोधन २.३६, अन्य ३६.९२, लघुवित्त २.२३, म्युचुअल फन्ड ०.१५ र लगानी समूह १.२२ अंकले बढ्यो। 

आज ओरियन्टल होटलको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९७ प्रतिशतको उछाल आयो। यसैगरी गुडविल फाइनान्सको सेयरमूल्य ९.३३, ग्रिन डेभलपमेन्ट बैंक ९.३२, सिन्धु विकास बैंक ९.१४, वेष्ट फाइनान्स ८.६४, जोशी हाइड्रोपावर ७.३८ र ज्योति विकास बैंकको ६.६२ प्रतिशतले बढ्यो। 
आज राधी विद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.४२ प्रतिशतले घट्यो। 

यो दिन नेको इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३० करोड ७२ लाख बढीको सेयर कारोबार भयो भने ज्योति विकास बैंक १८ करोड ७० लाख, मेगा बैंक १८ करोड २४ लाख, बुटवल पावर कम्पनी १६ करोड ६० लाख र नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ६४ लाख बढीको कारोबार भयो।     

 


Share this with your friends: