काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक लघुवित्तको १६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६४ हजार ४४८.३५ कित्ता गरी ुकल १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अर्थात नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।