नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

2021-07-05
नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । 
आज नेप्सेमा निर्धन उत्थानको १३ प्रतिशत बोनस सेयर र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

निर्धन उत्थानकोको १९ लाख ५० हजार र स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१.७७ कित्ता बोनस सेयर गरी कुल २४ लाख ३ हजार ४२१.७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

 


Share this with your friends: