नेप्सेमा सामान्य अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-08-02
नेप्सेमा सामान्य अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.५७ अंकले घट्दै १७९६९.७९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८९.१२ अंकले घट्दै १४७३०.७६ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज यूनियन लाइफको सेयरमूल्य ६.०८ प्रतिशतले बढ्दै प्रतिकित्ता ३६२ रुपैयाँ कायम भयो। यो कम्पनीको सेयर आजबाट कारोबारमा आएको हो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.८७ प्रतिशतले घट्दै प्रतिकित्ता ८७९ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ४.०६ अंकले बढ्दै ३०८५.०७ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो। आज लघुवित्त समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूह १२४.९३ बिन्दुमा पुग्यो। त्यस्तै उत्पादन तथा प्रशोधन समूह ४१.८५, बैंकिङ १.९१, वित्त ९ र लगानी समूह १.९६ अंकले बढ्यो। 

व्यापार समूह ४८.११ अंकले घटेको आज होटल एण्ड टुरिजम ५७.१७, विकास बैंक ६१.५१, हाइड्रोपावर १८.३, अन्य १७.४१ र म्युचुअल फन्ड ०.१८ अंकले घट्यो। 

आज घलेम्दि हाइड्रोको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.०९, युनिभर्सल पावर कम्पनी ९ र आखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य ८.४२ प्रतिशतले बढ्यो। 
आज नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले घट्यो। 

यो दिन अरुण काबेलीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३७ करोड ७५ लाख बढीको सेयर कारोबार भयो भने युनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ३४ करोड ३ लाख र सीआईटीको ३२ करोड १९ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: