काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ११९.२८ अंकले बढ्दै १८०८९.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६०.९२ अंकले बढ्दै १४७९१.६८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीका सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ३९९ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक २६.०२ अंकले बढ्दै ३१११.०९ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४.६६ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज दुईवटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २.३४ अंकले बढेको आज वित्त १०.४२, होटल एण्ड टुरिजम १२.२८, हाइड्रोपावर ६६.८४, लगानी ०.२१, उत्पादन तथा प्रशोधन ४१.७९, लघुवित्त २२१.५७, अन्य २५.२२ र व्यापार समूह १०१.३८ अंकले बढ्यो।
आज विकास बैंक समूह २.३६ र म्युचुअल फन्ड समूह ०.१२ अंकले घट्यो।
आज पाचँथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्यमा आज सबैभन्दा धेरै गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.७९ प्रतिशतले घट्यो।
यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४६ करोड ४२ लाख बढीको सेयर कारोबार भयो भने ङादी गुप्रपावर कम्पनीको ४३ करोड ३२ लाख, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३३ करोड ८६ लाख र स्वावलम्बन लघुवित्तको ३० करोड ४ लाख बढीको सेयर कारोबार भयो।