नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

2021-08-10
नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ६ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ६० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। ऋणपत्रको इकाइ सूचीकरण सम्झौता आज सम्पन्न भएको छ। 
सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट सीईओ चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन्। योसँगै भोलिबाट यो ऋणपत्रको कारोबार सुरु हुनेछ।

सूचीकरण सम्झौता कार्यक्रममा कृषि विकास बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेप्सेका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापाको पनि उपस्थिति थियो।  


Share this with your friends: