नेप्सेमा झिनो अंकको वृद्धि, १०%ले बढ्दै युनियन लाइफको सेयरमूल्यमा सकारात्मक सक्रिट

2021-08-11
नेप्सेमा झिनो अंकको वृद्धि, १०%ले बढ्दै युनियन लाइफको सेयरमूल्यमा सकारात्मक सक्रिट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३.८ अंकले बढ्दै १४६७४.६९ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०.०५ अंकले बढ्दै १८१८२.३३ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सक्रिट लाग्यो। त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ४.३७ प्रतिशतले बढ्दै प्रतिकित्ता ९०८ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो। आज परिसूचक ०.९४ अंकले बढ्दै ३१६२.५९ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज हाइड्रो समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूह १४४.७९ अंकले बढ्यो भने होटल एण्ड टुरिजम १०२.९१ र लघुवित्त समूह ७.९९ अंकले बढ्यो। 

ेआज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ४९.६५ अंकले घट्यो। त्यस्तै बैंकिङ समूह १४.१७, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन तथा प्रशोधन ३.८४, अन्य १२.४३, म्युचुअल फन्ड ०.११ र लगानी समूह १.०३ अंकले घट्यो। 

आज ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र यूनियन लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज जानकी फाइनान्स लिमिटेडको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ४.१७ प्रतिशतले घट्यो। त्यसैगरी एचआईडीसीएलको मूल्य ३.३९, गोर्खाज फाइनान्स ३.१६ र वेष्ट फाइनान्सको सेयरमूल्य ३.१६ प्रतिशतले घट्यो। 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ६८ करोड ३० लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावरको ५७ करोड ३७ लाख र अरुण काबेली हाइड्रोको ५६ करोड १२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: