नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2021-09-07
नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ३०२.८ अंकले घट्दै १६५४५.३५ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २९०.२३ अंकले ओरालो लाग्दै १३३३०.१८ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५२ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशतले घट्दै प्रतिकित्ता ७२६ रुपैयाँमा झर्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ४४.१८ अंकले घट्दै २९३६.६१ बिन्दुमा झर्यो । यो दिन बजारमा २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१  रुपैयाँमा किनबेच भयो । 

आज दुईवटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज अन्य समूह १९.६६ अंक र म्युचुअल फन्ड ०.०९ अ.कले बढ्यो । 
बैंकिङ समूह ३३.४९ अंकले घटेको आज व्यापार ५४.३७, होटल एण्ड टुरिजम १०९.१४, विकास बैंक ७१.८१, हाइड्रो ५१.५, वित्त ४९.२१, उत्पादन तथा प्रशोधन १३३.८८, लघुवित्त १४६.७७ र लगानी समूह ०.४४ अंकले घट्यो । 

आज सानिमा लाइफको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो । त्यस्तै युनाइटेड मोदि हाइड्रोको ७.७८, एचआईडिसीइल ५.१६ र युनिभर्सल नेपालको सेयरमूल्य ५.०३ प्रतिशतले बढ्यो । 

आज आरएमडिसी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ७.७३ अंकले घट्यो । रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ७.०१ र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य ५.६० प्रतिशतले घट्यो । 

यो दिन युनाइटेड मोदि हाइड्रोपावरको सर्वाकि सेयर कारोबार भयो । आज कम्पनीको ६१ करोड ९२ लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावरको ३८ करोड ४२ लाख र अपि पावरको १९ करोड १२ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: