काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ११ वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सले ७ वटा हाइड्रो कम्पनी, २ वटा लघुवित्त, एउटा जीवन बीमा र विकास बैंक गरी कुल ११ वटा कम्पनीको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको हो।
सेयर कारोबार रोक्का हुनेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रो लिमिटेड, पाचँथर पावर कम्पनी लिमिटेड, राधि विद्युत कम्पनी लिमिटेड, युनिर्भसल पावर कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।
नेप्सेले यी कम्पनीहरुले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश नगरेका कारण दोस्रो बजार सेयर कारोबार रोक्का गरिएको जनाएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उप नियम(२) बमोजिम बोर्डमा पेश गर्नु पर्ने वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण बोर्डमा पेश गर्नुपर्ने विनिमय २२(१) (क) मा भएको व्यवस्था बमोजिम नेप्सेमा पेश नगरेको पाइएकाले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको हो।