काठमाण्डौ । बीमा समूहको पहिरो आज पनि थामिएन। साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै आज पनि जीवन बीमा र निर्जीवन बीमा सकूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूह ४२.९६ अंकले घट्दै ९५१७.५० को बिन्दुमा सिमित बन्यो।
त्यस्तै निर्जीवन बीमा समूह पनि ४४.९९ अंकले घट्दै ७७६३.१८ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्।
बीमाका लगानीकर्ताहरु प्रफिट बुकिङ तर्फ लागेकाले बीमा कम्पनीको सेयरमूल्यमा दवाव सिर्जना हुनगई परिसूचकमा गिरावट आएको हो। लगानीकर्ताहरु हाइड्रोतर्फ आकर्षित भएकाले त्यसको प्रभाव बीमा लगायतका अन्य समूहमा देखिएको हो ।
बजारमा अरु के–के भयो ?
अघिल्लो दिन ४.७३ अंकको करेक्सन आएको नेप्से परिसूचकमा आज पनि ७.२१ अंकको करेक्सन आयो। आज नेप्से परिसूचक ७.२१ अंकले घट्दै १५५३.६२ को बिन्दुमा सिमित बन्यो। यो दिन बजारमा १९२ कम्पनीका ७३ लाख ५ हजार १११ कित्ता सेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँमा किनबेच भयो।
आज तीनवटा समूहको परिसूचकमा बढोत्तरी आयो। हाइड्रोमा आज पनि लगानीकर्ताहरुको आकर्षण देखियो। हाइड्रो समूह २८.०५ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड क्रमश ६ र ०.०२ अंकले बढे।
यस्तै बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, अन्य ४.९४ र लघुवित्त १३.५८ अंकले घटे।
आज बजारमा ५८ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने १०२ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आयो।
आज ७ वटा हाइड्रो कम्पनीसहित ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने हिमालय ऊर्जा, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर, नेपाल फाइनान्स र पञ्चकन्या माई हाइड्रापावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यसैगरी युनियन हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीले उछाल आएको छ।
आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सबैभन्दा बढी ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ७३ लाख ५ हजार १११ कित्ता सेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँमा कारोबार भएको छ।
यो दिन अरुण काबेली पावरले सर्वाधिक १७ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार गर्यो। हिमाल दोलखा हाइड्रोपावरको १० करोड ६२ लाख रुपैयाँको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ४ करोड ५६ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड २९ लाख रुपैयाँ, युनिभर्सल पावरको ४ करोड २ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८८ लाख रुपैयाँ, नेसनल हाइड्रोको ३ करोड ६५ लाख रुपैयाँ र कुमारी बैंकको ३ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।