नेप्से परिसूचक १६ सय बिन्दु पार, निर्जीवन बीमा समूहमा उछाल

2020-10-22
नेप्से परिसूचक १६ सय बिन्दु पार, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा समूह ३८.५२ अंकले बढ्यो। यो वृद्धिसँगै.यो समूह ७९९३.८४ को उचाईमा पुग्यो। अघिल्लो  कारोबार दिनपनि यो समूह ६४.२८ अंकले बढेको  थियो। 

निर्जीवन बीमा समूहमा बढोत्तरी आएपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह आज १०.१ अंकले घट्दै ९५९९.७७ को बिन्दुमा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूह ५९.९४ अंकले बढेको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कमपनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज जनरल इनस्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सक्रिर्ट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ५३ रुपैयाँले बढ्दै ५८९ रुपैयाँको उचाईमा पुग्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै कम्पनीको रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.२३ प्रतिशतले घट्यो। यो कम्पनीको सेयरमूल्य १४ रुपैयाँले घट्दै ६१४ रुपैयाँमा सीमित बन्यो। नेपाल स्टक एक्सचेन्जले गुराँस लाइफलाई पटक पटक प्रस्तावित लाभांस संसोधन गरेको भन्दै स्पष्टीकरण माग गरेपछि यसको सोझो प्रभाव कम्पनीको सेयरमूल्यमा देखिएको हो। 

बजारमा अरु के–के भयो ? 
आज पनि नेप्से परिसूचकमा हरियाली छायो। आज नेप्से परिसूचक ८.५४ अंकले बढ्दै १६०६.२५ को उचाईमा पुग्यो। यो दिन बजारमा १८७ कम्पनीका ६४ लाख ५७ हजार ८३३ रुपैयाँमा किनबेच भयो। 

आज ४ वटा समूह बाहेक अन्य सबै समूहमा वृद्धि देखियो। आज बैंकिङ समूह १२.१ अंकले बढ्यो भने व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, उत्पादन तथा प्रशोधन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ अंकले अघि बढे। 

आज सबैभन्दा धेरै गिरावट होटल समूहमा आयो। होटल समूह १४.०४ अंकले घटेको यो दिन हाईड्रोपावर ६.४३ र म्युचुअल फन्ड ०.०६ अंकले घटे। 

आज दुई कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। आज जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 
यो दिन माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ४ प्रतिशतको गिरावट आयो। 

आज नेप्सेमा सूचीकृत १८७ कम्पनीका ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँमा कारोबार भयो। 

यो दिन कुमारी बैंकको सर्वाधिक १४ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ९ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ८ करोड ८२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ७ करोड ९७ लाख रुपैयाँ, नेपाल बैंकको ७ करोड ८० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ७ करोड ५५ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ९१ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सको ४ करोड ८० लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ७९ लाख रुपैयाँ र नागरिक लगानी कोषको ४ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: