नेप्से परिसूचकमा करेक्सन, बीमा समूहमा भने वृद्धि

2020-10-29
नेप्से परिसूचकमा करेक्सन, बीमा समूहमा भने वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा वृद्धि देखिएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा ३९.८९ अंकले बढ्दै ८०८०.८० को उचाईमा पुग्यो। 

त्यस्तै आज जीवन बीमा समूहमा पनि ८.८६ अंकको बढोत्तरी आयो। यो वृद्धिसँगै यो समूह ९७१९.३१ को उचाईमा पुग्न सफल बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा जनरल इन्स्योरेन्स रह्यो। आज यो कम्पनीका लगानीकर्ताले २.६० प्रतिशतका दरले गुमाए। १५ रुपैयाँको गिरावटका साथ जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५६३ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?
अघिल्लो कारोबार दिन उछाल आएको नेप्से परिसूचकमा आज भने झिनो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक १.७८ अंकले घट्दै १६४५.६७ मा सीमित बन्न पुग्यो। यो दिन बजारमा १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँमा किनबेच भयो। 

आज ६ वटा समूहमा मात्रै वृद्धि देखियो। आज जीवन बीमा र निर्जीवन बीमा समूहका साथै व्यापार, हाइड्रोपावर, अन्य र लघुवित्त समूहमा वृद्धि आयो। यि समूहमा क्रमश १४.९५, ६.७५, ५.८३ र १२.७४ अंकले बढे। 

आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आयो। आज यो समूह ३४.८५ अंकले ओरालो लाग्यो। त्यस्तै बैंकिङ, होटल, विकास बैंक, वित्त र म्युचुअल फन्ड क्रमश ६.२७, १५.४२, १६.८२, २.६२ र ०.१ अंकले घटे। 

आजदेखि कारोबार खुलेको शिवश्री हाइड्रोपावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडको को सेयरमूल्यमा आज पोजेटिभ सक्रिट लाग्यो। आज यि दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढे। यस्तै मिथिला लघुवित्त वित्तीय संस्था ५.२३, दिव्यश्वरी हाइड्रोपावर ५ं.२२ हिमालय उर्जा विकास कम्पनीको सेयरमूल्य ४.६५ प्रतिशतले बढे। 
यो दिन सिन्धु विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँमा कारोबार भएको छ। 

आज उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा वाणिज्य बैंकहरु छन्। यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १३ करोड ७८ लाख रुपैयाँको बढीको कारोबार भएको छ।
प्रभु बैंकको १३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको यो दिन एनएमबी बैंकको १२ करोड ३६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १२ करोड ९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ८१ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड २९ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको १० करोड १५ लाख रुपैयाँ, कुमारी बैंकको ८ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ७ करोड १७ लाख रुपैयाँ र सिभिल बैंकको ६ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।  

 


Share this with your friends: