काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ । आज निर्जीवन बीमा समूह ३३९.३२ अंकले बढ्दै ८७७४.८४ को उचाईमा पुग्यो । १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो । अघिल्लो कारोबार दिन यो समूहमा १६०.४ अंकको बढोत्तरी आएको थियो ।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा समेत बढोत्तरी भएको छ । आज जीवन बीमा समूह ७.०३ अंकले बढ्यो । अघिल्लो कारोबार दिन यो समूह ४७६.३६ अंकले बढेको थियो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल कम्पनी रह्यो । आज यो कम्प्नीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो । कम्पनीको सेयरमूल्य ४९ रुपैयाँले उकालो लाग्दै प्रतिकित्ता ५४८ रुपैयाँ कायम भयो ।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
अघिल्लो दिनको प्रदर्शनलाई जारी राख्दै आज नेप्से परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २८.८९ अंकले उकालो लाग्दै १७०७.६७ को उचाईमा पुग्यो । यो दिन बजारमा १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६५१ रुपैयाँमा किनबेच भयो ।
आज एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । बैंकिङ समूह १४.८८ बढेको यो दिन व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, हाइड्रोपावर ४.३९, उत्पादन तथा प्रशोधन २००.२१, अन्य ४९.६८, लघुवित्त ७.१४ र म्युचुअल फन्ड ०.५५ अंकले बढे ।
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन साल्ट ट्रेडिङ ९एसटीसी० को सेयरमूल्यमा १० प्रतिशत र लक्ष्मी इक्विटी फन्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआईसी एसिया ग्रोथ फन्ड र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लगेको हो।
आज हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
यो दिन आईसीएफसी फाइनान्सको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आयो।
आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल टेलिकम ९एनटीसी० को सर्वाधिक २५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भयो।
हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनआईसी एसिया बैंकको १५ करोड ६५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ९सीआईटी० को १५ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड १५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड १० लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १४ करोड ८० लाख रुपैयाँ, अपी पावरको १२ करोड १५ लाख रुपैयाँ, शिखर इन्योरेन्सको ११ करोड ५८ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ९ लाख रुपैयाँबराबरको कारोबार भयो।