नेप्से परिसूचक १८ सय बिन्दु पार, बीमा समूहमा उछाल

2020-11-24
नेप्से परिसूचक १८ सय बिन्दु पार, बीमा समूहमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३२७.५१ अंकले बढ्दै ९५६९.०३ को उचाईमा पुग्यो। 

निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा पनि उछाल आयो। आज जीवन बीमा समूह २४८.५२ अंकले बढ्दै १०९१४.१७ को उचाईमा पुग्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै प्रतिकित्ता ६४६ रुपैयाँ कायम भयो। त्यस्तै नेको इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतले बढ्दै प्रतिकित्ता १०९० रुपैयाँ कायम भयो। 
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिन सामान्य करेक्सन आएको नेप्से परिसूचक आज भने उकालो लाग्यो। आज नेप्से परिसूचकले १८ सयको बिन्दु पार गर्यो। परिसूचक २९.६८ अंकले बढ्दै १८१०.११ को बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँमा किनबेच भयो। 

आज होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १.४४ अंकले बढेको यो दिन व्यापार १७२.६३, विकास बैंक १२.८६, हाइड्रोपावर २१.३२, वित्त ६.२३, उत्पादन तथा प्रशोधन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९ र म्युचुअल फन्ड ०.१ अंकले बढे। 

आज होटल समूह ३४.९२ अंकले ओरालो लाग्यो। 

आज बोटलर्स नेपाल(तराइ) लिमिटेड, हिमालयन डिष्ट्रीलरी, बिशाल बजार कम्पनी, आखु खोला जलुविद्यूत, मल्टी पर्पस फाइनान्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। 

३७ करोड ३३ लाख बढि कारोबारका साथ आज एनआइसी एशिया बैंकले सर्वाधिक कारोबार गर्यो। त्यस्तै नेपाल टेलिकमले २८ करोड ५१ लाख बढि र नेपाल पुनर्बीमा कम्पनीले २५ करोड ८२ लाख बढिको कारोबार गरे। 


Share this with your friends: