काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा आजबाट टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ सञ्चालनमा आएको छ।
हाल नयाँ भेरियन्टको कोभिड९१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौँ’ भन्ने अभियानअन्तर्गत चेम्बर र संघको पहलमा यो टेलिमेडिसिन सेन्टर सञ्चालनमा ल्याइएको हो।
टेलिमेडिसिन सेन्टरको आज एक कार्यक्रमबीच चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा। लोचन कार्कीबाट संयुक्त रुपमा गरिएको छ। टेलिमेडिसिन सेन्टरका लागि चेम्बरले मुख्य प्रायोजन गरेको छ।
उद्घाटन कार्यक्रममा अध्यक्ष मल्लले विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो चरणको कोभिड९१९ बाट प्रभाबित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सबै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गर्दै यस पुनित कार्यमा मुख्य प्रयोजन गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा नेपाल चेम्बरले चेम्बर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाई कोभिड नियन्त्रणसँग सामग्री तथा उपकरणहरु हस्तान्तरण भइरहेको पनि जानकारी गराइएको थियो।